नियम १७
लिलाम गर्ने अधिकारी
जिन्सी निरीक्षण प्रतिवेदनमा पुरानो भै काममा आउन नसक्ने,
टुटफुट भै बेकम्मा भएका र पुन मर्मत नहुने भनी किटान भएका मालसामानमध्ये
लिलाम गर्नु पर्ने भनी ठहरिएका मालसामानको परल मूल्य खुलेकोमा बीस हजार
रुपैया“सम्मको र परल मूल्य नखुलेको भए हाल मूल्याड्ढन भएको मूल्यमा पा“च हजार
रुपैया“सम्म वा दुवै गरेर पच्चीस हजार रुपैया“सम्मका मालसामान सचिव र भण्डारको
जिम्मा लिएको कर्मचारी समेतको राय लिई अध्यक्षले परिच्छेद–१० को कार्यविधि
अपनाई लिलाम गर्न सक्नेछ । सोभन्दा बढी मूल्यको मालसामान लिलाम गर्नु पर्दा
गाउ“ विकास समितिमा पेश गरी निर्णय भए बमोजिम गर्नु पर्नेछ ।